काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २६ अर्ब ३३ करोड १० लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा १७ लाख १० हजार १३५ वटा स्मार्टफोन आयात भएको हो ।
सरकारले स्मार्टफोन आयात गरेबापत ४ अर्ब ९० करोड ३८ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ । मुलुकमा ६१ वटा देशबाट स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ । सबैभन्दा बढी चीनबाट १७ अर्ब २७ करोड ५२ लाख रुपैयाँ बराबरको १२ लाख ३७ हजार ९६० वटा स्मार्टफोन आयात भएको विभागको तथ्यांक छ ।
भारतबाट ८ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख ६७ हजार २२४ वटा स्मार्टफोन आयात गरिएको छ । अमेरिकाबाट ८ करोड ४४ लाख रुपैयाँ बराबरको ९०५ वटा, जापानबाट ६ करोड ६६ लाख रुपैयाँ बराबरको ८८७ वटा स्मार्टफोन आयात गरिएको छ ।
भियतनामबाट ५ करोड ७६ लाख रुपैयाँको ४७५ वटा, यूएईबाट ५ करोड ६८ लाख रुपैयाँको ६४२ वटा, अस्ट्रेलियाबाट ३ करोड ८३ लाख रुपैयाँ बराबरको ३६६ वटा, कोरियाबाट २ करोड ६६ लाख रुपैयाँको ४१९, कतारबाट १ करोड ९३ लाख रुपैयाँ बराबरको २७५, बेलायतबाट १ करोड ५१ लाख रुपैयाँ बराबरको १६१ वटा स्मार्टफोन आयात गरिएको छ ।



