images
images

रुकुम पश्चिमको दुर्घटनामा तीनको मृत्यु, थप तीन जना घाईते


  • 318
    SHARES
  • २०८१ जेठ २८ गते सोमबार

    रुकुम पश्चिमको दुर्घटनामा तीनको मृत्यु, थप तीन जना घाईते

    सुर्खेत । रुकुम पश्चिममा भएको जिप दुर्घट्नामा तीन जनाको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१  नेपानेमा  बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको हो । थप तीनजना घाइते भएका छन् । 

    मुसिकोट–१ खलंगाबाट बाँफिकोट गाउँपालिका–४ छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप सडकबाट दुुई सय मिटर तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेत गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

     घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेका छन् ।

    विक र खनालको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए ।


    images
    images

    Logo