images
images

विपत्तिमा आफूलाई प्रमाणित गर्दै सार्वजनिक संस्थान


  • 615
    SHARES
  • २०८० कार्तिक १८ गते शनिबार

    विपत्तिमा आफूलाई प्रमाणित गर्दै सार्वजनिक संस्थान

    काठमाडौं । नेपाल आयल निगमले भुकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्दारको कार्यका लागि प्रयोग हुने नेपाल वायुसेवा निगम, नेपाली सेना तथा नेपाल प्रहरीका सबै हेलिकोप्टरमा प्रयोग हुने इन्धन खर्च व्यहोर्ने घोषणा गर्यो । युक्रेन रुस युद्ध लगायत कारणबाट विश्व बजारमा महँगिएको इन्धनको मूल्यभारका कारण अझै सञ्चित नोक्सानीमा रहेको अवस्थामा पनि निगमले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट यस्तो सहयोगको घोषणा गरेको हो । 

    नेपाल टेलिकमले भुकम्प प्रभावित जिल्लाहरुमा उद्दार तथा राहत कार्यको लागि सहयोग गर्न भन्दै सो क्षेत्रमा भ्वाइस तथा एसएमएस सेवा निःशुल्क गरेको छ । यस अनुसार अब रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रबाट कुनै पनि फोन तथा एसएमएस गर्दा पैसा लाग्दैन । यसले समस्यामा परेका नागरिक तथा उद्दार तथा राहत कार्यमा खटिएकाहरुलाई सहज हुने टेलिकमले जनाएको छ । 

    NOC.jpeg

    केही दिन अगाडी इजरायल आक्रमणमा परेका उद्दार गर्न निजी क्षेत्रका वायुसेवा कम्पनीहरु जान आनाकानी गरिरहेको बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज जोखिम मोलेरै भए उडेको थियो । अहिले पनि निगमका जहाजहरु उद्दार तथा राहतका लागि खटिएका छन् । भुकम्पको खबरसँगै छिमेकी राष्ट्र तथा दातृ निकायबाट प्राप्त हुने सहयोग ल्याउनका लागि समेत निगमका जहाज प्रयोगको तयारी थालिएको छ । 

    जब जब दैवी तथा मानवीय प्रकोपले जनताहरु आक्रान्त हुन्छन्, त्यो अवस्थामा सार्वजनिक संस्थानहरुले आफूलाई प्रमाणित गर्दै आएका छन् । २०७२ सालको भूकम्पदेखि कोरोना महामारीसम्म आइपुग्दासम्म पनि यी संस्थानहरुले पटक पटक आफूलाई प्रमाणित गर्दै आएका छन् । महामारीका कारण आक्रान्त जनजीवनबीच पनि बजारमा पेट्रोलियम पदार्थको अभाव कहिलै भएन । चीनको उहानबाट विद्यार्थीको उद्दार तथा सुरक्षा सामाग्री ढुवानीमा वायुसेवा निगमदेखि भ्वाइस, एसएमएस तथा डाटा सेवादेखि सूचनामूलक जानकारीका लागि नेपाल टेलिकमले सहुलियतपूर्ण तथा निःशुल्क सेवा दिँदै आएको थियो । 

    NTC.jpg

    त्यसो त निजी क्षेत्र तथा दातृ निकायबाट समेत मानवीय विपत्तिका क्रममा आर्थिक तथा मानवीय सहायताहरु प्राप्त हुने गरेका छन् । तर, त्यस्ता सहायता समेतलाई जनताको पक्षमा प्रयोग गर्न सार्वजनिक संस्थानहरुको भूमिका रहँदै आएको छ । 

    नेपाल आयल निगमका कार्यकारी निर्देशक ई. उमेशप्रसाद थानी प्राकृतिक विपत्तिमा सार्वजनिक संस्थानको आवश्यकता अझै बढ्ने भन्दै आक्रान्त जनताको मनोबललाई बलियो बनाउने उद्देश्यले पछिल्लो सहयोग घोषणा गरिएको बताउँछन् । 

    nepal_airlines_corporation.jpg

    ‘हामीले २०७२ सालको महाभुकम्पदेखि कोरोना महामारीको समयमा पनि बजारमा इन्धनको अभाव नहुनेगरी आपूर्ति प्रणाली बनायौं । आम जनता घरबाहिर निस्किन नसक्ने अवस्थामा पनि निर्वाध रुपमा दियौं । विश्व बजारमा महँगी बढ्दा समेत नोक्सानमै गएर पनि देशको मूल्यप्रणालीलाई स्थिर बनाउन प्रयास गर्दै आएका छौं,’ कार्यकारी निर्देशक थानी भन्छन्, ‘अहिले दैविक विपत्तिको समयमा हामीले गरेको सहयोगले घाइतेले उपचार तथा पीडितले राहत पाउन सहयोग गर्ने विश्वास लिएका छौं ।’

    उता नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी संकटको बेला टेलिकमले सूचना तथा सहयोग आदानप्रदानका लागि निःशुल्क तथा सहुलियतपूर्ण रुपमा सेवा प्रदान गर्दै आएको भन्दै अहिलेको घोषणा त्यसैको निरन्तरता भएको बताउँछन् । 

    nepal cricket sangh.jpg

    त्यसो त, सरकारकै निकायको रुपमा रहेको क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) ले नेपाल–ओमानबीच आइतबार हुन गइरहेको आईसीसी टी–२० वल्र्ड कप क्वालिफायर्सको फाइनल खेलमा संकलन हुने शुल्कमध्ये आधा रकम भूकम्पपीडितको राहत तथा उद्दारका लागि सहयोग गर्ने घोषणा गरिसकेको छ । 

    शुक्रबार राती ११ः४७ मा गएको भुकम्पका कारण सयौंको मृत्यु, सयौं घाइते तथा अर्बौं बराबरको सम्पत्तिमा क्षति भएको अनुमान गरिएको छ  । पछिल्लो अपडेट अनुसार हालसम्म १५७ जनाको मृत्यु तथा ३७५ जना घाइते भएका छन् ।


    images
    images

    Logo