काठमाडौं । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहीबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।
साथै बिहीबारको मन्त्रिपरिषद बैठकले विश्वबाबु पुडासैनी र राधिका अर्याललाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।