images
images

त्रिकोणात्मक सिरिज

युएईलाई अघिल्लो खेलभन्दा धेरै अन्तरले हराए मात्रै हङकङ फाइनलमा पुग्ने


  • 367
    SHARES
  • २०८० कार्तिक ८ गते बुधबार

    युएईलाई अघिल्लो खेलभन्दा धेरै अन्तरले हराए मात्रै हङकङ फाइनलमा पुग्ने

    काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत आज यूएई र हङकङ खेल्दैछन् । मुलपानी क्रिकेट रंगशालामा दिउँसो १ बजेदेखि सुरु हुने खेलमा दुई टोलीले सिरिज अन्तर्गत दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । 

    दुई टीमसँग २ २ खेल खेल्नुपर्नेमा नेपालले ४ वटै खेल जितेर शीर्ष स्थानसहित फाइनलमा स्थान बनाइसकेको छ । यूएईले हङकङविरुद्ध पहिलो खेल जित्दै २ अंक बनाएको छ । 

    अब हङकङलाई फाइनलमा पुग्न अघिल्लो खेलमा हारेको भन्दा धेरै अन्तरले यूएईलाई हराउनु पर्नेछ । यूएई भने सामान्य जित वा कम मतान्तरको बराबरीमा पनि फाइनलको बाटो तय गर्नेछ । 

    यसअघि दुई टीमबीच भएका ४ खेलमा यूएईले ३ र हङकङले एकपटक जित हासिल गरेका छन् । 


    images
    images

    Logo