काठमाडौं । लामो समयदेखि सार्वजिनक कार्यक्रममा नदेखिएका चिनियाँ रक्षामन्त्री ली शाङ्फु बर्खास्त भएका छन् । चीनले आधिकारिक रुपमा उनको बर्खास्तीको पुष्टि गरेको हो ।
सार्वजनिक जीवनबाट गुमनाम भएको दुई महिनापछि चीन सरकारले लीलाई बर्खास्त गरेको बीबीसीले जनाएको छ ।
उनलाई बर्खास्त गर्नुको आधिकारिक कारण नखुलाइए पनि सैन्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाइएको एजेन्सीहरुको भनाइ छ । उनको स्थानमा नयाँ रक्षामन्त्री पनि नियुक्त गरिएको वा नगरिएकोबारे जानकारी दिइएको छैन ।