काठमाडौं । दर्ता नभएका मोबाइल कात्तिक १९ देखि बन्द हुने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले शनिबार सूचना जारी गर्दै १५ दिनभित्र मोबाइल प्रणालीमा दर्ता गर्न समय दिएको हो । पटक पटक प्रणाली बन्द गर्ने प्रयास गरे पनि सफल नभएको प्राधिकरणले फेरि एकपक मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लाई कार्यान्वयनमा ल्याउन लागेको हो ।
प्राधिकरणले शनिबार एमडिएसएस प्रणालीमा नेपालको दूरसञ्चार सेवा प्रदायकहरुको नेटवर्कमा आवद्ध भई दर्ता नभएका मोबाइलहरु १५ दिनपछि दर्ता नभएमा सेवा अवरुद्ध हुने जानकारी दिएको हो । प्राधिकरणले विधिपूर्वक १५ दिनभित्र प्रणालीमा दर्ता गराउन पनि आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, यदि १५ दिनभित्र एमडिएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाईल ह्यान्डसेटहरुमा नियमानुसार मोबाईल दूरसञ्चार सेवा अवरुद्ध हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।



