images
images

राष्ट्र बैंकले जारी गर्यो पूर्वाधार विकास बैंकको लागि ८ बुँदे निर्देशन


  • 421
    SHARES
  • २०८० आश्विन २९ गते सोमबार

    राष्ट्र बैंकले जारी गर्यो पूर्वाधार विकास बैंकको लागि ८ बुँदे निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि ८ बुँदे निर्देशन जारी गरेको छ । हाल पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मात्र सञ्चालनमा रहेकाले उक्त निर्देशन यसैलाई जारी भएको हो ।

    नयाँ निर्देशन अनुसार अब निफ्राले पनि आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म ०.५ प्रतिशतको काउन्टर साइक्लिकल बफर कायम गर्नु पर्ने छ । त्यस्तै निफ्राले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईँटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने छ।

    त्यस्तै पूर्वाधार विकास बैंकले कर्मचारीको छनौट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिम लगायत सर्टिफिकेशन कोर्स लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारको रुपमा लिनु पर्नेछ । अब पूर्वाधार विकास बैंकले कुनै व्यक्तिगत मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर प्यान अनिवार्य रुपमा लिनुपर्नेछ । 

    त्यस्तै पूर्वाधार विकास बैंकले जारी गरेको बैंक जमानतको भेरिफिकेसन आफ्नो बेवसाइट/पोर्टल मार्फत गर्न सकिने व्यवस्था गर्नु पर्ने नयाँ निर्देशनमा उल्लेख छ । 


    images
    images

    Logo