काठमाडौं । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । उनीहरुलाई सोमबार इजरायली सेनाले सुरक्षित स्थानमा सारेको हो। उद्धार गरिएकाहरु अधिकांश विद्यार्थी हुन्।
उद्धार गरिएका उनीहरुलाई विभिन्न स्थानमा राखिएको छ। उनीहरुलाई तेल अभिभमा सारिएको हो। हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो।
नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धा गरिएको छ । यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको हो ।
सुरक्षित स्थानमा सारिएकाहरुमा रमेशबहादुर कार्की, विनोदप्रसाद शाही, आभाष भट्टराई, नरेशसिंह भण्डारी, लोकेन्द्र विष्ट, रोहित नायक, निराजनकुमार कुसवाह, अर्विनकुमार चौधरी, उपेन्द्र जिसी, ओमप्रकाश उपाध्याय, गणेश साउद रहेका छन्।यस्तै, बादल सुवेदी, प्रवीण विसी, गणेशप्रसाद जोशी, नवीन घिमिरे, विपना जोशी, नारायण भुसाल, मनीषा खनाल, लुइस रिजाल, प्रमोद भट्ट, अनुप अधिकारी, समर्पण आचार्य, निश्चल पाण्डे, विभूषा अधिकारी, सुष्मा रेग्मीको उद्धार भएको छ।
रचना चौधरी, आशा मिश्र, कल्पना जोशी, शिलाकुमारी यादव, साधना बोहरा र विपीन सुवेदी रहेका छन् । नेपाल फर्कन चाहने नेपालीलाई जहाज चार्टर्ड गरेर फर्काउने निर्णय पनि सरकारले गरेको छ। स्वदेश फर्कने चाहनेका लागि अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।



