images
images

लामो दूरीका लागि दशैंलक्षित अग्रिम टिकट बुकिङ आजदेखि खुला


  • 421
    SHARES
  • २०८० आश्विन २२ गते सोमबार

    लामो दूरीका लागि दशैंलक्षित अग्रिम टिकट बुकिङ आजदेखि खुला

    काठमाडौं । दशैंमा गाउँ फर्किनका लागि लामो दूरीका सवारी साधनका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायीको सहमतिपछि आजदेखि यस्तो बुकिङ खुलेको हो । 

    यस्तो टिकट बुकिङ लामो दूरीका सवारी साधनका हकमा समेत लागु हुनेछ । मध्यम र छोटो दूरीका हकमा भने यात्राकै दिन मात्र टिकट बिक्री हुनेछ ।

    यस्तो टिकट नयाँबसपार्कस्थित मुख्य काउन्टर र अन्य सहायक काउन्टरबाट समेत प्राप्त गर्न सकिन्छ । बससेवा डटकम लगायत पोर्टल तथा एपले यातायात व्यवसायीसँग सहकार्य गरेर अनलाइन  बुकिङको व्यवस्था मिलाएका छन् । 


    images
    images

    Logo