images
images

अमेरिकी सरकारको ईडीभीमा आवेदन खुल्यो, कसरी भर्ने?


  • 632
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    अमेरिकी सरकारको ईडीभीमा आवेदन खुल्यो, कसरी भर्ने?

    काठमाडौं । अमेरिकी सरकारले वार्षिक रुपमा खुलाउने डाइभर्सिटी आप्रवासी भिसा (डीभी) कार्यक्रम खुला भएको छ । सन् २०२५ का लागि उक्त आवेदन खुलेको हो । बुधबार राती ९ः४५ उक्त आवेदन खुला भएको हो ।यो आवेदन सेप्टेम्बर ७ मा बन्द हुनेछ ।

    नेपालस्थित अमेरिकी दूतावास तथा अमेरिकी सरकारले डीभीसम्बन्धित आधिकारिक वेबसाइटमा उक्त जानकारी दिइएको छ ।  यस्तो आवेदन अनलाइनमार्फत् निःशुल्क दिन सकिन्छ । 

    यसअघि डिभी भर्न कक्षा १२ उत्तीर्ण हुनुपर्ने व्यवस्था थियो । अहिले यसको सट्टा तोकिएको कामका प्रमाणित सीप तथा अनुभव भए पनि हुन्छ । डीभी भर्दा नक्कली प्रमाणपत्र पेश गरेको अवस्थामा भने सधैँभरीका लागि अमेरिका जान पाइँदैन । 

    उक्त फाराम भर्दा नाम, लिंग, जन्म मिति, फोन नम्बर, इमेल ठेगाना, पेसालगायतका विवरण  सोधिनेछ  । विवाहितको हकमा श्रीमान वा श्रीमती र बच्चाहरुको विवरण समेत भर्नुपर्छ । दुवैले छुट्छाछुट्टै आवेदन दिन समेत पाउनेछन् । 

    डीभी भर्दा उल्लेखित विवरणका सबै मिति अंग्रेजी राख्नुपर्छ । फोटो दुवै कान देखिने, ६ महिनाभन्दा यता खिचिए र कुनै एडिट नगरिएको हुनुपर्छ । फोटोको गुणस्तर र विशेषता अपलोड गर्नुअघि चेक गर्न समेत सकिने जनाइएको छ । 

    डीभीका लागि जततउकस्ररमखउचयनचबm।कतबतभ।नयखर लिङ्मार्फत् आवेदन दिन सकिन्छ । सबै विवरण सहि भएको एकीन गरिसकेपछि मात्रै विवरण सब्मिट गर्नुपर्छ । आफ्नो फारम भरिसकेपछि सिस्टममा इन्ट्री भयो कि भएन भनेर चेक गर्न सकिने उल्लेख गरिएको छ ।

    यदि सब्मिट भयो भने एउटा दर्ता नम्बर (कन्फर्मेसन) नम्बर प्राप्त हुन्छ । यही नम्बरका आधारमा पछि चिठ्ठा परे नपरेको हेर्न सकिने जनाइएको छ । यस्तो आवेदन एक पटकभन्दा धेरै दिन नपाइने र दिए सबै आवेदन स्वतः रद्द हुने जनाइएको छ । 

    यसअघि डिभी परेमा नेपाली नागरिकता स्वतः त्याग गर्नुपर्ने व्यवस्था थियो । अव भने यसलाई गैर आवासीय नेपाली नागरिकताको रुपमा परिवर्तन गर्न सकिन्छ । यस्तो व्यक्तिले नेपालमा कुनै राजनीतिक अधिकार प्राप्त गर्न सक्दैन । तर, सम्पत्ति राख्न र व्यवसाय गर्न भने सक्छ ।


    images
    images

    Logo