काठमाडौं । काठमाडौंबाट साउदी अरब उडेको नेपाल वायुसेवा निगमको जहाज पाकिस्तानी आकाशमा पुगेर फर्किएको छ।
गत राति १२ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको हो ।
पाकिस्तानको आकाशमा पुगेपछि नजिकै रहेका अन्य जहाजको संकेत देखाउने ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो।
जहाजमा ९५ यात्रु थिए। उनीहरूलाई अहिले होटलमा राखिएको छ।