काठमाडौं । कोकाकोला, फेन्टा र स्प्राइटको मूल्य बढेको छ । ती प्रोडक्टहरुका उत्पादक कम्पनी बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेडले सोमबारदेखि लागु हुनेगरी मूल्य बढाएको हो ।
यस अनुसार अब कोकाकोलाको २.२५ लिटरको जम्बो बोटलको मूल्य प्रतिकेश १६२० रुपैयाँ तोकिएको छ । यो प्रतिबोतल २७० रुपैयाँ तोकिएको हो । यसअघि यस्तो मुल्य प्रतिकेश १५३० रुपैयाँ थियो जुन प्रतिबोतल २५५ रुपैयाँ हो ।
त्यस्तै, १.५ लिटरको बोटलको मूल्य प्रतिकेश ११४० रुपैयाँ तोकिएको छ । यो प्रतिबोतल १९० रुपैयाँ तोकिएको हो । यसअघि यस्तो मुल्य प्रतिकेश १०५० रुपैयाँ थियो जुन प्रतिबोतल १७५ रुपैयाँ हो ।
कम्पनीले अन्य साना प्याकहरुको मूल्य भने सार्वजनिक गरेको छैन । चाडबाडको समयमा सबैभन्दा बढी बिक्री यस्तै ठूला बोटलहरुको हुन्छ । चाडबाडको मुखमा बजारमा कालोबजारीको अनुगमन भइरहँदा कम्पनीले भने आधिकारिक रुपमा मूल्य बढाएर उपभोक्तामाथि भार थोपरेको हो ।




