images
images

सुन आयातको कोटा बढ्यो, दैनिक २० किलोसम्म आयात गर्न पाइने


  • 487
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    सुन आयातको कोटा बढ्यो, दैनिक २० किलोसम्म आयात गर्न पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । बुधबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई एकीकृत परिपत्र जारी गर्दै हाल दैनिक १० किलो रहेको सुन आयातको कोटा बढाएर २० किलो कायम गरेको जनाएको छ । 

    दैनिक २० किलो सुन आयात गर्दा कुनै महिनाको कुनै दिन तोकिएको परिमाणभन्दा कम आयात गरेमा अर्को महिनामा अघिल्लो बाँकी परिमाण आयात गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

    ‘व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणको लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चातका महिनाहरुमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणको लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन’ राष्ट्र बैंकको एकीकृत परिपत्रमा उल्लेख गरिएको छ ।

    दैनिक १० केजी सुनले बजारको माग धान्न नसक्ने भन्दै सुन व्यवसायीले कोटा बढाउन माग गर्दै आएका थिए । सरकारको राजस्वमा वृद्धि हुने अवैध सुनको आयात रोकिने भन्दै सुन आयातको कोटा बढाउन वाणिज्य मन्त्रालयले सिफारिस गरेको थियो। यसअघि दैनिक २० किलो सुन आयात भइरहेकोमा फागुन २२ देखि १० किलोमा झारिएको थियो ।

    nrb .jpg

     

    nrb 2.jpg

     


    images
    images

    Logo