images
images

विद्यालयको जग्गा बिक्री गर्न विचौलियाको चलखेलपछि बुद्ध एकेडेमीले गरायो सचेत


  • 1.6K
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    विद्यालयको जग्गा बिक्री गर्न विचौलियाको चलखेलपछि बुद्ध एकेडेमीले गरायो सचेत

    काठमाडौं । साँखु नयाँपाटीस्थित बुद्ध एकेडेमी र अखिल नेपाल हिमाली बौद्ध संघको नाममा रहेको जग्गा बिक्री गर्ने भन्दै बिचौलियाले चलखेल गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीमा रहेको उक्त बिक्री गर्न भन्दै केही व्यक्तिहरुले अनधिकृत रुपमा आर्थिक कारोबार गर्न थालेको पाइएको हो । 

    बुधबार सूचना जारी गर्दै विद्यालय व्यवस्थापन समितिले उक्त जग्गा आफ्नो नाममा रहेको र मालपो कार्यालय तथा वडा कार्यालयमा बिक्री गर्न नमिल्नेगरी रोक्का रहेको जनाएको छ । कोही कसैले उक्त जग्गा बिक्रीमा छ भनी कारोबार गर्न खेजेमा लेनदेन नगर्न समेत विद्यालयले सचेत गराएको छ । 

    उक्त जग्गाको श्रेस्ता मालपोत कार्यालय साँखुमा रहेको छ । सार्वजनिक विद्यालयको नाममा रहेको जग्गा सम्बन्धित विद्यालय वा कसैले चाहेर पनि बेचबिखन हुन सक्दैन । तर उक्त नाममा रहेको उक्त जग्गा देखाएर आर्थिक कारोबार हुन थालेको सूचना पाएपछि सचेत गराइएको बुद्ध एकेडेमीले जनाएको छ ।


    images
    images

    Logo