images
images

गैर आवासीय नेपालीले नागरिकता दिन बाटो खुल्यो, आमाको नामबाट पनि नागरिकता पाइने


  • 619
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    गैर आवासीय नेपालीले नागरिकता दिन बाटो खुल्यो, आमाको नामबाट पनि नागरिकता पाइने

    काठमाडौँ । गैर आवासीय नेपालीले अंगिकृत नागरिकता लिने बाटो खुला भएको छ । सरकारले स्वीकृत गरेको नागरिकता नियमावली २०८० राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै यो बाटो खुलेको हो । लामो समयदेखि प्रतीक्षाको विषय रहेको उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिएकाहरुले नेपालमै राजनीतिक बाहेकको अधिकार प्राप्त गर्ने बाटो खुला भएको हो ।

    यस अनुसार बाबु आमा बाजे वा बज्यै नेपाली रहेका गैर आवासीय नेपालीहरुले सम्बन्धित देशको दुतावास वा नेपालकै सम्बन्धित जिल्लामा त्यस्तो नागरिकताका लागि निवेदन दिन सक्नेछन् । यसरी निवेदन दिँदा सम्बन्धित देशको राहदानी, प्रतिवद्धता पत्र लगायतका कागजात पेश गर्नुपर्ने उल्लेख गरिएको छ । यसरी निवेदन दिएको १५ दिनभित्र त्यस्ता व्यक्तिले नागरिकता प्राप्त गर्न सक्ने जनाइएको छ । 

    हाल भौतिक रुपमै त्यस्तो आवेदन दिनुपर्ने भए पनि पछि सम्बन्धित निकायले अनलाइन प्रविधिमार्फत् समेत यस्तो आवेदन दिनसक्ने नियमावलीमा व्यवस्था गरिएको छ । त्यस्तै, पहिले नागरिकता प्राप्त गरि त्याग गरेका व्यक्तिले समेत निवेदन दिएर पुरानै विवरणमा अंगिकृत नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था समेत गरिएको छ । 

    नयाँ नियमावलीले पितृत्व वा मातृत्व पत्ता नलागेका व्यक्तिलाई समेत सम्बन्धित वडामा बसोबास गर्ने दुई जना व्यक्ति र ससम्बन्धित वडाका पदाधिकारिको सिफारिसमा नागरिकता प्रमाणपत्र प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ । 


    images
    images

    Logo