images
images

सरकारले अरु पाएन अर्थसचिव, निर्णय लुकाउँदै फेरि कृष्णहरिलाई


  • 707
    SHARES
  • २०८० आश्विन १ गते सोमबार

    सरकारले अरु पाएन अर्थसचिव, निर्णय लुकाउँदै फेरि कृष्णहरिलाई

    काठमाडौं । मन्त्रीपरिषद्ले गरेका निर्णयहरु सरकारले केही निर्णय गर्नेबित्तिकै सार्वजनिक गर्छ । केही निर्णय भने शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्छ । तर, योपटक बिहीबार बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयका सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गर्ने निर्णयबारे जानकारी गराएन । आइतबार साँझ मात्रै सञ्चारमाध्यमले यो जानकारी पाए । 

    सरकारलाई थाहा थियो कृष्णहरिलाई फेरि अर्थमा ल्याउनु भनेको जनतामा नकारात्मक सन्देश दिनु हो । तर, निर्णय लुकाउने सरकारले निर्णय भने त्यही गर्यो । अर्थसचिमा उनले दोस्रोपटक जिम्मेवारी पाए । मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय सरुवा गर्दै उनलाई अर्थको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    पुष्कर २४ असार २०७८ मा सचिवमा बढुवा भएका थिए । बढुवाको डेढ महिनामै उनी राजस्व सचिवका रुपमा अर्थ मन्त्रालयमा भित्रिएका थिए । त्यतिबेला अर्थ मन्त्रालयमा मधु मरासिनी अर्थसचिव थिए । तर, मध्यरातमा अनधिकृत व्यक्तिलाई भित्र्याएर करको दर हेरफेर गरेको आरोपपछि विवाद हुँदा मरसिनीको सरुवा गरिएको थियो । त्यतिबेला जनार्द शर्मा करिब एक महिना निलम्बनजस्तै भएका थिए । 

    जनार्दन शर्मा अर्थमन्त्रीमा पुन दोहोरिएपछि उनले पुष्करलाई १९ साउन २०७९ को मन्त्रिपरिषद् बैठकले उनलाई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी पनि थपिदिएको थियो । त्यसको एकसाता पछि उनी अर्थ सचिवमै नियुक्त भए । 

    करिब ५ महिना अर्थसचिव बनेपछि २०७९ पुस २१ गते उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरियो । त्यसपछि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव बने । योबीचमा अर्थसचिवको रुपमा आएका तोयम राया ४ महिना नहुँदै सरुवा भए । त्यसपछि आएका अर्जुन पोखरेल पनि करिब ५ महिनामा सरुवा भएका छन् । 

    पुष्करको विवादित पृष्ठभूमि

    शक्ति केन्द्र रिझाएर लगातार छलाङ मार्दै आएका उनी अर्थसचिवको जिम्मेवारीमा दोहोरिने बिरलै सचिवमध्ये एक बनेका छन् । यसअघि अर्थसचिव बनेका शिशिरकुमार ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदै फेरि अर्थमा फर्किएका थिए । 

    पहिलोपटक राजश्व सचिव हुँदा राजश्व प्रशासनको अनुभव नै नभएको सचिव भन्दै उनको विरोध भएको थियो । विरोधलाई सहँदै उनलाई सबैभन्दा शक्तिशाली मानिने अर्थसचिव बनाइएको थियो । 

    राजश्व र अर्थसचिव हुँदा उनले खासै राम्रो काम गर्न सकेका पनि होइनन् । तर, उनलाई फेरि सोही जिम्मेवारीमा ल्याउनुको कारण शक्तिकेन्द्रको दबाब नै भएको जानकारहरु बताउँछा् । खासगरी उनको सम्बन्ध भारतीय पक्षसँग मजबुत रहेको मानिन्छ ।


    images
    images

    Logo