images
images

१६ अर्ब ८३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ३ अर्बको नयाँ


  • 907
    SHARES
  • २०८० भाद्र ३१ गते आइतबार

    १६ अर्ब ८३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ३ अर्बको नयाँ

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १६ अर्ब ८३ करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले ९१ दिनको लागि ९ अर्ब  ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि ४अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । त्यस्तै, ३६४ दिनको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । सो ३६४ दिनको ट्रेजरी विल राष्ट्र बैंकले नयाँ जारी गर्ने लागेको हो । 

    उक्त ट्रेजरी विल ९१ दिनको पुस ३ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको चैत ६ गते परिपक्क हुनेछ भने ३६४ दिनको लागि आगामी असोज १ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  

     

     


    images
    images

    Logo