काठमाडौं । नेपाल आयल निगमनले इन्धनको मूल्य बढाएको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।
मूल्यवृद्धि भएसँगै पट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ । भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो ।
मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८३ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १ सय ७३ रुपैयाँ, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७२ रुपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर १ सय ७२ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिजेलरमट्टितेल प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।




