images
images

उद्योग मन्त्रालयमा २ जना सहसचिवको पदस्थापन, ४ जनाको जिम्मेवारी हेरफेर


  • 307
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    उद्योग मन्त्रालयमा २ जना सहसचिवको पदस्थापन, ४ जनाको जिम्मेवारी हेरफेर

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ जना सहसचिवको पदस्थापन र ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गरेको छ । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले १२ भदौमा सरुवा भएर आएका २ जना सहसचिवको वाणिज्य विभाग र कम्पनी रजिष्ट्रारमा पदस्थापन गरेको छ भने मन्त्रालयकै ४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

    जसअनुसार वाणिज्य विभागको महानिर्देशकमा तीर्थ चिलुवाललाई पठाइएको छ । चिलुवाल यसअघि अख्तियारको इटहरी प्रमुख थिए । अर्थ मन्त्रालयका राजस्व समूहका अधिकृत चिलुवालसँग राजस्व अनुसन्धान विभाग, अर्थ मन्त्रालय लगायतमा काम गरेको अनुभव छ ।

    यस्तै कम्पनी रजिष्ट्रारमा दिवश आचार्य आएका छन् । उनी यसअघि सूचना आयोगमा थिए । यस्तै वाणिज्य विभागबाट मन्त्रालय तानिएका गजेन्द्र ठाकुरलाई आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी दिइएको छ ।

    मन्त्रालयका औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन तथा संस्थान महाशाखामा पठाइएको छ त्यहाँ रहेका सहसचिव लिलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाको जिम्मेवारी दिइएको छ ।

    बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा रहेका सहसचिव गोविन्दबहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखामा पठाइएको छ । योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा रहेका जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाको जिम्मेवारी दिइएको छ ।


    images
    images

    Logo