images
images

त्रिभुवन विमानस्थल बाहिर फेरि समातियो एक किलो सुन


  • 713
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    त्रिभुवन विमानस्थल बाहिर फेरि समातियो एक किलो सुन

    काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट फेरि पनि अवैध रुपमा भित्र्याइएको सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार १ किलो अवैध सुन बरामद गरेको हो । 

    ६१ किलो सुन प्रकरणको अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरिरहेकै बेला तस्करीको १ किलो सुन बरामद भएको हो ।

    प्रहरीले सुनसहित केही संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ‘अनुसन्धान भइरहेको छ। यसमा केही मानिस फरार भएको हुन सक्ने देखिन्छ,’ प्रहरी स्रोतले भन्यो ।


    images
    images

    Logo