काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले सोमबार २५ फर्ममाथि अनुगमन गरेको छ । सोमबार बजार अनुगमनको क्रममा विभागले खाद्य बस्तु पसल र तरकारी तथा फलफूल पसललाई कारबाही गरेको हो ।
जसमा उनीहरुले खरिद बिजविजक नराख्नेलाई विभागले कारबाही गरेको हो । जसमा २ वटा पसलेलाई नगद जरिवाना गरिएको छ ।
विभागले काठमाडौंमा रहेको तरकारी तथा फलफूल पसललार्य ५ हजार रुपैयाँ नगद जरिवाना गरेको छ भने बाफलमा रहेको खाद्य बस्तु पसललाई १५ हजार रुपैयाँ नगद जरिवाना गरेको छ ।
नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।