images
images

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • 566
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ । सोमबार प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको उक्त प्रकृतिको सुन मंगलबार पनि सोही दरमा कारोबार हुने भएको महासंघले जनाएको छ । 

    चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय पाँच रुपैयाँ कायम भएको छ । 


    images
    images

    Logo