काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। संविधानसभाका सभामुख नेम्वाङको आज बिहान करिब साढे एक बजे हृदयघातका कारण निधन भएको हो । बालुवाटारस्थित आफ्नै निवासमा सुतेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र लगत्तै त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याउँने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। निधनको खबर सुनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन्। वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङ ०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए।