काठमाडौं । ललित निवास प्रकरणमा धौटीमा छाड्ने आदेश भएका १७ जनामध्ये १६ जना छुटेका छन् । अदालतको आदेशबमोजिम नरिवाना रकम दाखिला गरेर उनीहरु रिहा भएका हुन् । एकजना भने धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो।
नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।