images
images

कान्तिमा तीन प्रकारको इमर्जेन्सी, कारबाहीको डरले तात्तियो अस्पताल प्रशासन


  • 546
    SHARES
  • २०८० भाद्र २५ गते सोमबार

    कान्तिमा तीन प्रकारको इमर्जेन्सी, कारबाहीको डरले तात्तियो अस्पताल प्रशासन

    काठमाडौं । कान्ति बाल अस्पतालहरुमा आकस्मिक कक्ष पनि ३ प्रकारको हुने भएको छ । अस्तालको लापरबाहीका कारण आकस्मिक कक्षमा भर्ना हुन आएकी बालिकाको उपचारका क्रममा निधन भएपछि अस्पतालले इमर्जेन्सीलाई वर्गीकरण गर्न लागेको हो  ।

    यसअनुसार इमर्जेन्सीलाई रातो, पहेँलो र हरियो तहमा विभाजन गरिएको छ । रातो अन्तर्गत निकै गम्भीर प्रकारका बिरामीहरुको उपचार गरिन्छ । यो वर्ग अन्तर्गत तत्कालै उपचारको व्यवस्था गरिएको छ । 

    त्यस्तै, पहेँलो लाइन अन्तर्गत सिकिस्त बिरामीहरुको उपचार हुन्छ । त्यसमा बढीमा १० जनाको लाइनभित्र उपचार गर्नसक्ने व्यवस्था गरिएको छ । 

    हरियो लाइनमा भने आकस्मिक यसअघिको जस्तै लाइनमा रहेर उपचार गर्ने व्यवस्था गरिएको छ । बालिका मृत्युको घटना लगत्तै सो सुधार गरिएको अस्पतालले जनाएको छ । 

    बालिका मृत्यु प्रकरणपछि अस्पतालको लापरकाही बारे स्वास्थ्य मन्त्रालय तथा मेडिकल काउन्सिलले समेत अध्ययन गरी कारबाही थालेको बेला अस्पतालले सो सुधार गरेको जनाएको हो । 


    images
    images

    Logo