काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँ र चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।