काठमाडौं । अमेरिकी डलर मजबुत हुँदैजाँदा विश्व बजारमा सुनको भाउ घट्दै गएको छ । डलरको मजबुतीसँगै सुनको भाउ अझै कमजोर हुँदै जाने देखिएको छ ।
अन्तराष्ट्रिय बजारमा मूल्य घटेसँगै यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्नेछ । यसले गर्दा अबका दिनहरुमा सुन घट्दै जाने देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
