काठमाडौं । ६१ किलो सुन तस्करीमा संलग्न तीन जना पक्राउ परेका छन् । शनिबार प्रहरीले भन्सार अधिकृत सहित दुई जना नासुलाई पक्राउ गरेको हो ।
भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई शनिबार पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए ।
योसँगै उक्त सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।
गएको साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सुन बाहिरिएको थियो । मोटरसाइकलको ब्रेक सुमा लुकाएर तस्करी गरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।