नयाँदिल्ली । अफ्रिकी मुलुकहरुको संगठन अफ्रिकन युनियन जी२० को सदस्य बनेकाे छ । भारतमा सुरु भएकाे जी२० शिखर सम्मेलनमा युनियनलाई सदस्य बनाउने विषयमा सहमति जुटेको हाे ।
जी२० को अध्यक्ष समेत रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकन युनियनलाई सदस्य बनाउन शिखर सम्मेलनमा प्रस्ताव राखेका थिए । सो प्रस्तावलाई शिखर बैठकले पास गरेको हो ।
प्रस्ताव पास भएसँगै अध्यक्ष मोदीले अफ्रिकन युनियनका प्रमुख अजाली असोमानी लाई अँगालो हालेर स्वागत गरेका थिए ।