images
images

उदयपुर सिमेन्टले माग्यो महाप्रबन्धक, कति चाहिन्छ योग्यता ?


  • 783
    SHARES
  • २०८० भाद्र २३ गते शनिबार

    उदयपुर सिमेन्टले माग्यो महाप्रबन्धक, कति चाहिन्छ योग्यता ?

    काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि आवेदन माग भएको छ । उक्त पदमा खुला प्रतिस्पर्धात्मकबाट पदपूर्ति गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिले आज विज्ञापन खुलाएको हो । यसअघिका महाप्रबन्धक गोपी न्याैपानेले समय नसकिँदै राजीनामा दिएपछि यो पद रिक्त थियो । 

    उक्त पदको लागि प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानूनमा, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने सूचनामा जानइएको छ । त्यस्तै, कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा जनाइएको छ । 

    महाप्रबन्धकको लागि इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएके मितिले २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । उम्मेदवारको उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने मन्त्रालयले जनाएको छ । 

    दुई वटा पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मन्त्रालयको वेबसाइटमा रहेको नमुना बमोजिमको स्वघोषणा फारम, वैयक्तिक विवरण र सम्बन्धीत निकायबाट प्रमाणित अनुभव खुल्ने कागजातका प्रतिलिपीहरु आवेदन दिन इच्छुक व्यक्ति आफैंले प्रमाणित गरि पेश गर्नुपर्नेछ । अनुभवको विवरण पेश गर्दा काम गरेको संस्थाको नाम, काम गरेको कुल समयावधि (वर्ष, महिना, दिन समेत) खुलाई स्वयंले प्रमाणित गर्न पेश गर्नुपर्ने सूचनामा जनाइएको छ ।

    आवेदकले आवेदन सँगै उदयपुर सिमेन्ट उद्योग सिमेन्ट उद्योगको सुधारसहित सु–सञ्चालनका  लागि  बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ । 

    उम्मेदवारले ५ हजार रुपैयाँ आवेदन दस्तुर राष्ट्रिय वाणिज्य बैंकमा बुझाएको भौचरसमेत बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 


    images
    images

    Logo