images
images

घट्यो डलरको मूल्य, कतिमा हुँदैछ आजको कारोवार ?


  • 599
    SHARES
  • २०८० भाद्र २३ गते शनिबार

    घट्यो डलरको मूल्य, कतिमा हुँदैछ आजको कारोवार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २ पैसा कायम रहेको छ । शुक्रबार  डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४४ पैसामा कारोवार भएको राष्ट्र बैंकले जनाएको छ । केही दिन देखि निरन्तर बढिरहेको डलरको मूल्य आज घटेको हो । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ २३ र बिक्री दर १ सय ६५ रुपैयाँ ९८ पैसा रहेको छ।


    images
    images

    Logo