काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५९० जना जुनियर कर्मचारीहरुको सरुवा गरेको छ । आगामी असोज १ देखि लागु हुने गरि विभिन्न पदका ५९० जनाको सरुवा गरेको हो ।
प्रहरीका सञ्चारतर्फका विभिन्न दर्जाका जम्मा ५९० जनाको सरुवा गरिएको छ । सूचीअनुसार प्रहरी नायब निरीक्षक (सई) ५३ जनाको सरुवा गरिएको छ भने प्रहरी सहायक निरीक्षक (असई) १२२ जनाको सरुवा गरिएको छ । वरिष्ठ हवलदार ७४ जना, हवलदार २५२ जना र सहायक हवलदार ८९ जनाको सरुवा भएको छ ।