काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कायम भएको छ ।
बिहीबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँ र चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।