काठमाडौं । सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ६ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्न लागेको हो ।
उक्त ऋणपत्रको बोलकबोल भदौ २४ गतेसम्म गर्न सकिने जनाइएको छ । यसका लाथि कम्तीमा ५० हजार वा यसले भाग जाने सीमासम्मको आवेदन दिन सकिने जनाइएको छ । यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद कार्यमा सहभागी हुन राष्ट्र बैंकले जनाएको छ ।