काठमाडौं । आज बाग्मती प्रदेशका ३ जिल्लासहित काठमाडौं महानगरपालिकामा बिदा छ । चेपाङ समुदायको न्वागी (छोनाम) पर्वको अवसरमा बाग्मती प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिएको हो भने वडाध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरपालिकाले शोकबिदा दिएको हो ।
चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन् । धादिङ मकवानपुर र चितवनलाई चेपाङ बस्ती भएको जिल्ला मानिन्छ । सोही कारण बाग्मती प्रदेश सरकारले तीन जिल्ला छुट्याएर बिदा दिएको हो ।
त्यस्तै, काठमाडौंमा भने महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार निधन भएको थियो । ग्राण्डी अस्पतालमा उपचाररत रिजालको बिहान ७ः३० बजे निधन भएको अस्पतालले जनाएको थियो । बिहीबार नै उनको अन्तिम संस्कार भइसकेको छ ।



