images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्ब रुपैयाँको बजेट


  • 1.0K
    SHARES
  • २०८० भाद्र २१ गते बिहीबार

    नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्ब रुपैयाँको बजेट

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।
         
    प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आथिृक बर्षका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ ।

    अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे ।
         
    प्राधिकरणले चालु आर्थिक बर्षमा १५ अर्ब ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण÷सेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।  

    प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च ४ अर्ब ३४ करोड रुपैयाँ र कर्मचारीको बोनसमा ५ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरेको छ ।


    images
    images

    Logo