images
images

पूर्व उपराष्ट्रपति पुनका छोरासँग सीआईबीले लियो बयान


  • 495
    SHARES
  • २०८० भाद्र १९ गते मंगलबार

    पूर्व उपराष्ट्रपति पुनका छोरासँग सीआईबीले लियो बयान

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट समातिएको ६० किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा सीआईबीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा  दिपेश पुनसँग बयान लिएको छ । 

    दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको सीआईबीले स्रोतले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको पाइएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पुनको सम्पर्कदेखिएपछि उनलाई सीआईबीले बोलाएको हो । 

    यसअघि पूर्व सभामुख कृष्णबहादुर महराका छोरा यही प्रकरणमा पक्राउ परिसकेका छन् । महरालाई भने हालसम्म पक्राउ गरिएको छैन । 


    images
    images

    Logo