काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले २८ ओभरको खेल सकिँदा ४ विकेट लिन सफल भएको छ । हाल नेपालले १२४ रन बनाएर खेलिरहेको छ ।
जसमा पाकिस्तानविरुछ नेपालका करण के.सीले ट्सम्यान फखर जमानको पहिलो विवेट लिन सफल भएका थिए भने दोस्रो सातौंं ओभरमा नेपालका सोमपाल कामिले पाकिस्तानका व्याट्सम्यान इमाम अल हकको विकेट लिएका थिए ।
त्यस्तै, तेस्रो २४ औं ओभरको खेलको चौथो बलमा सन्दीप लामिछानेले मोहम्मद रिजवानलाई विकेट लिएका थिए भने पौँचौ बलमा फेरी सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन् । सो खेल मुल्तान क्रिकेट स्टेडियममा भइरहेको छ ।
त्यस्तै, २८ औं ओभरको खेलको पाचौं बलमा सन्दीपले आगा सलमानलाई आउट गरे । रिजवानपछि आएका आगा ५ रनमै पबेलियन फर्किएका हुन् ।