काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारका १३७ जना कर्मचारीहरुले सामूहिक सरुवा मागेका छन् । ६० किलो सुन तस्करी प्रकरणले आफूहरुको बदनामी भएको भन्दै उनीहरुले सरुवा मागेका हुन् ।
कार्यालयका अधिकृत, नायब सुब्बा, खरिदारलगायतले सामूहिक सरुवा माग गर्दै निवेदन तयार गरेका छन् । सरुवा मागको निवेदनमा कार्यालयमा त्रिवि भन्सार कार्यालयमा कार्यरत उपसचिव र सहसचिव बाहेक सबैले हस्ताक्षर गरेका छन् ।
बुधबार भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अर्थ सचिव अर्जुन पोख्रेललाई एकै पटक निवेदन बुझाउने तयारी गरिएको छ ।
साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट तस्करीको सुन बाहिरिएको थियो ।