images
images

सुन तस्करी प्रकरण  : अनुसन्धानका लागि एसएसपी आचार्य हङकङ जाँदै


  • 864
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    सुन तस्करी प्रकरण  : अनुसन्धानका लागि एसएसपी आचार्य हङकङ जाँदै

    काठमाडौं । हङकङबाट भित्रिएको ६० किलो तस्करीको सुन प्रकरण अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई  हङकङ पठाउने भएको छ ।

    उक्त प्रकरण अनुसन्धानका लागि आचार्य इन्टरपोल हङकङसँगको समन्वयमा हङकङ जान लागेका हुन् । अनुसन्धानका लागी प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्राचार गरेको थियो ।

    गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ ।

    सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । सीआईबीले सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोध समेत गरेको छ ।


    images
    images

    Logo