images
images

सिटिजन्स बैंकका ६ कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली


  • 476
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    सिटिजन्स बैंकका ६ कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएका सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार ६ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

    पक्राउ पर्नेमा सिटिजन बैंकका कर्मचारीहरू रुपन्देहीको ड्राइभर टोल शाखाकी मनीशा मास्के, मनिग्राम शाखाकी गोमा ज्ञवाली, कालिका शाखाकी कल्पना खत्री र प्रतिक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतर र दिपक विष्ट रहेको उनले बताए ।

    ‘उनीहरूले एसएलसीलगायत फरक फरक सर्टिफिकेटहरू नक्कली भएको पाइएको छ,’ एसपी ढुङ्गेलले लोकान्तरसँग भने । बैंकले दिएको उजुरीका आधारमा उनीहरूलाई रुपन्देहीबाट पक्राउ गरेर काठमाडौं ल्याइँदै छ ।


    images
    images

    Logo