images
images

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्बमाथि


  • 302
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्बमाथि

    काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले असारमसान्तसम्म्मा ४० अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  यी कम्पनीहरुले २९ लाख ९२ हजार ५ सय १३ वटा बीमा बीमालेख जारी गरेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

    यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिसम्ममा ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सगरमाथा लम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सिद्धिार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ४२ करोड ६८ लाख कुल बमिा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले यस अवधिसम्ममा ३ अर्ब ४१ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियलले ३ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

    नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोडरुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने  एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सानिमा जिआइसीले २ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

    त्यसैगरी प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ४९ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् ।

     

     


    images
    images

    Logo