काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ ट्रेजरी विल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको भदौ २६ गते परिपक्क हुनेछ भने ९१ दिनको कात्तिक २८ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको फागुन १ गते परिपक्व हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



