images
images

माइक्रो इन्स्योरेन्सको व्यापार : ८ दिनमा ९१ हजार !


  • 1.0K
    SHARES
  • २०८० श्रावण २७ गते शनिबार

    माइक्रो इन्स्योरेन्सको व्यापार : ८ दिनमा ९१ हजार !

    काठमाडौं । प्रदेशगत रुपमा सानो आकारको बीमा व्यवसाय सञ्चालन गर्न अनुमति पाएका लघुबीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशन गर्न थालेका छन् । त्रैमास सकिएको एक महिनाभित्र विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार पहिलोपटक गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वित्तीय विवरण प्रकाशन गरेको छ । 

    असार २२ गतेदेखि वित्तीय कारोबार थालेको गार्डियनले ९ दिनको कारोबारमा ९१ हजार बराबरको खुद बीमाशुल्क संकलन गरेको जनाएको छ । उक्त कम्पनीले यो अवधिमा कुल बीमाशुल्कको रुपमा १ लाख ४१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ ।

    विराटनगर मुख्य कार्यालय भएको उक्त कम्पनीसँग ५२ करोड ५० लाख चुक्ता पुँजी रहेको छ । यो अवधिमा १ सय २७ वटा बीमालेख विक्री गरेको जनाएको छ । यो आधारमा लघुबीमाले प्रतिबीमालेख ११ सय रुपैयाँ हो ।


    images
    images

    Logo