काठमाडौं । जीवन बीमा कम्पनीले संकलन असार मसान्तसम्म ३ अर्ब २१ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क संकलन गरेको छ । १० वटा जीवन बीमा कम्पनीले कूल १६ लाख २९ हजार ५ सय ७५ वटा बीमालेख बिक्री गरी सो बीमाशुल्क आर्जन गरेका हुन् ।
त्यस्तै, कम्पनीहरुले असार महिनामा मात्रै २४ करोड ९६ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । यी कम्पनीले ५४ हजार ७ सय ५१ वटा बीमालेख बिक्री गरेका थिए । जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा १ खर्ब ४२ अर्ब रुपैयाँमाथि कुल बीमाशुल्क आर्जन गरेका छन् ।
नेशनल लाइफले ३५ हजार ४६ वटा बीमालेख बिक्री गरी १४ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले २ लाख १७ हजार ८ सय ९२ वटा बीमालेख बिक्री गरी ४७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, एशियन लाइफले ७ हजार १ सय ७४ वटा बीमालेख बिक्री गरी १ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आइएमई लाइफले १ लाख ९ हजार ६ सय ३५ वटा बीमालेख बिक्री गरी ४३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ७ लाख ४६ हजार ९ सय २५ वटा बीमालेख बिक्री गरी १अर्ब ८ करोड १ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी रिलायबल नेपाल लाइफले ४१ हजार ८ सय ४२ वटा बीमालेख बिक्री गरी १९ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १ लाख २६ हजार ८ सय २८ वटा बीमालेख बिक्री गरी १९ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले ४ हजार ९ सय ४ वटा बीमालेख बिक्री गरी २ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सूर्यज्योति लाइफले २ लाख ७६ हजार ८ सय ३० वटा बीमालेख बिक्री गरी ३९ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ६२ हजार ४ सय ९९ वटा बीमा पोलिसी विक्री गरी २५ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।




