काठमाडौं । वाणिज्य बैंकहरुको लाभांश क्षमता घटेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको लाभांश क्षमता एकल अंकमा झरेको हो । विवरण अनुसार ती बैंकहरुले औसत ९.४८ प्रतिशत मात्रै लाभांश दिन सक्छन् ।
यो वर्ष सबैभन्दा बढी नाफा वितरण गर्न एभरेष्ट बैंकले सक्छ । सो बैंकले ४० प्रतिशत लाभांश दिने क्षमता रहेको जनाएको छ । त्यस्तै, ३ वर्षसम्म लाभांश नदिएको एनआईशी एशियाले ३२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २९ प्रतिशतसम्म लाभांश दिन सक्छन् ।
राष्ट्रिय वाणिज्य थप बैंकसहित ६ बैंकको लाभांश क्षमता दोहोरो अंकमा छ । त्यसमध्ये राष्ट्रिय वाणिज्य बैंकले १९.४० प्रतिशत, सानिमा बैंकले १७.७३ प्रतिशत, माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत, कृषि विकास बैंकको १४.९२ प्रतिशत, नबिल बैंकको १४.६४ प्रतिशत र नेपाल एसबीआई बैंकको १३.९३ प्रतिशत लाभांश दिने क्षमता छ ।
बाँकी ११ बैंकको क्षमता औसतभन्दा कम छ । त्यसमध्ये २ बैंकको लाभांश क्षमता नकारात्मक रहेको छ । यो वर्ष ६ वटा बैंकको लाभांश क्षमता बढेको छ । यसरी क्षमता बढ्ने बैंकहरुमा माछापुच्छ्रे, एनआईशी एशिया, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईशी एशिया बैंक र नबिल बैंक रहेका छन् ।




