काठमाडौं । नेपाल एसबीआई बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार असारमसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा ३६.८१ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम १ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने १ अर्ब ४१ करोड रहेको छ । बैंकको खुद व्याज आम्दानी ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने गत बर्षको सोही अवधिमा ४ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।
बैंकले १ खर्ब ५० अर्ब निक्षेप संकलन गरेर १ खर्ब १६ अर्ब कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४७ अर्ब कर्जा विस्तार गरेको थियो । बैंकको जगेडा कोषमा ७ अर्ब रुपैयाँ छ ।
कम्पनीको प्रति सेयर आम्दानी २२ रुपैयाँ १५ पैसामा रहेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ८३ रुपैयाँ १२ पैसा रहेको छ।



