images
images

राष्ट्रिय वाणिज्य बैंकको नाफा बढ्यो, अन्य सुचक कस्तो छ ?


  • 449
    SHARES
  • २०८० श्रावण २१ गते आइतबार

    राष्ट्रिय वाणिज्य बैंकको नाफा बढ्यो, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा १४.५६ प्रतिशत प्रतिशत बढी हो । गत वर्ष बैंकको यस्तो नाफा ४ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । 

    सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सो समयमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब ८५ करोड रहेको छ भने कुल सञ्चालन नाफा ६ अर्ब ९० करोड रहेको छ ।

    त्यस्तै, सो समयमा बैंकको जगेडा कोषमा ३६ अर्ब ५८ करोड रहेको छ । बैंकको निक्षेप ३ खर्ब २१ अर्ब र कर्जा लगानी २ अर्ब ३० अर्ब रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा २.९५ प्रतिशत रहेको छ । 


    images
    images

    Logo