काठमाडौं । एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा सो रकम बराबरको नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा ३६.८५ प्रतिशतले बढी हो । गत वर्ष यस्तो रकम २ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको वितरण योग्य नाफा ३ अर्ब ३३ करोड रहेको छ । यस बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत रहेको छ । बैंकको खुद व्याज आम्दानी ७ अर्ब ४८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब १८ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ४ अर्ब ८४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५५ करोड रहेको थियो ।
बैंकले १ खर्ब ९७ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६० अर्ब कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४५ अर्ब कर्जा विस्तार गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ६९ करोड रहेको छ । जगेडा कोषमा १० अर्ब २२ करोड छ भने कम्पनीको संचित नाफा ४ अर्ब ३३ करोड रहेको छ ।कम्पनीको प्रति सेयर आम्दानी ३१.७२ रुपैयाँ रहेको छ। त्यसैगरी नेटवर्थ २ सय ३८ रुपैयाँ ३३ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात १७.७५ गुणा रहेको ।



